शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले बढायो महाधिवेशन प्रतिनिधि, ४ सय थप

शुक्रबार, १२ कात्तिक २०७८, १७ : ३१
शुक्रबार, १२ कात्तिक २०७८

नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल पछि (१५३६) लाई बढाएर १९९९ पुर्याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर, केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि उक्त संख्या बढेको हो । त्यस्तै शुक्रबारको बैठकले महाधिवेशन मुल व्यवस्थापन समितिमा २ जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका हुन् ।

कात्तिक २७ मा प्रतिनिधि निर्वाचन

शुक्रबारको बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको छ । सो पार्टीले महाधिवेशनमा विधुतीय मतदान मेसिन प्रयोग गर्ने जनाएको छ । त्यसका लागि शुक्रबारको बैठकअघि उक्त मेसिनको परीक्षण गरेको थियो । एमालेको केन्द्रीय कमिटीको बैठक मंसिर ९ मा सौराहामा बस्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप