भारतमा कोभिड–१९ को नयाँ संक्रमितको संख्या बढ्यो
शनिबार, १३ कात्तिक २०७८, १२ : ३३
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४,२६०,४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा १६१,५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३३,६४१,१७५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण