सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चौथो अभियान कप भलिबल प्रतियोगिताको उपाधि मट्टिखानलाई

शनिबार, १३ कात्तिक २०७८, २१ : ५१
शनिबार, १३ कात्तिक २०७८

पोखरामा जारी चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार पोखरास्थित मालेपटनको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै मट्टिखान युवा क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै मट्टिखानले नगद ५५ हजार ५ सय ५५ रूपैँयासहित ट्रफि, मेडल र प्रमाणपत्र जित हासिल गरेको प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार उपविजेता पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल अघि शनिबार नै सम्पन्न भएको सेमिफाइनल खेलमा मट्टिखानले बाराही माविलाई हराएको थियो भने पोखरा टप्सले शान्ता भलिबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भएका छन् । यस्तै उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर पनि मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भुपेन गुरुङ घोषित भएका छन् ।

प्रतियोगिता असोज ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा कुल १२ टिमलाई मात्रै सहभागिता गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप