चौथो अभियान कप भलिबल प्रतियोगिताको उपाधि मट्टिखानलाई
पोखरामा जारी चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार पोखरास्थित मालेपटनको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै मट्टिखान युवा क्लबले उपाधि जितेको हो ।
उपाधिसँगै मट्टिखानले नगद ५५ हजार ५ सय ५५ रूपैँयासहित ट्रफि, मेडल र प्रमाणपत्र जित हासिल गरेको प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार उपविजेता पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल अघि शनिबार नै सम्पन्न भएको सेमिफाइनल खेलमा मट्टिखानले बाराही माविलाई हराएको थियो भने पोखरा टप्सले शान्ता भलिबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भएका छन् । यस्तै उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर पनि मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भुपेन गुरुङ घोषित भएका छन् ।
प्रतियोगिता असोज ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा कुल १२ टिमलाई मात्रै सहभागिता गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण