खैरो हिरोइनसहित तीन जना पक्राउ
आइतबार, १४ कात्तिक २०७८, ०७ : ४५

धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलीग्राम लागुऔषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
शङ्कास्पदरूपमा हिँडिरहेका उनीहरुमाथि शङ्का लागि जाँच गर्दा निजहरुको साथबाट उक्त लागुऔषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताए । निजहरु तीनै जनामाथि लागुऔषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार हत्या र मिडियामाथिको आक्रमणका विषयमा उच्चस्तरीय स्वतन्त्र छानबिन गर्न माग
-
योगेशको विकल्पमा मञ्जु : समस्या सल्टियो कि बल्झियो ?
-
उपभोक्ता सुरक्षाको विषय पेचिलो बन्दै, सुरक्षामा सम्पूर्ण निकाय एकजुट हुनुपर्नेमा जोड
-
लागूऔषध सहित प्याराग्लाइडिङ, प्रहरीले गर्यो छड्के चेक
-
पशुपतिको बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार (पूर्णपाठ)
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली