साहस उर्जा र तेह्रथुम पावर कम्पनी नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ कारोबार ?
आइतबार, १४ कात्तिक २०७८, १२ : ०२
साहस उर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । अर्थात् यी दुई कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा किनबेचका लागि खुल्ला भएको छ । पहिलो दिन साहसको प्रतिकित्ता सेयर ४०५.३ रुपैयाँमा कारोबार भएको छ । कारोबार लगत्तै यसको भाउ क्रमिक रुपमा बढ्न थालेको छ ।
यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर पनि अधिकतम २५४ रुपैयाँ २ पैसामा खुलेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साहसको पहिलो कारोबारका लागि १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको थियो भने तेह्रथुम पावरका लागि ८४.७४ रुपैयाँदेखि २५४.२२ रुपैयाँसम्म रेन्ज दिएको थियो ।
यी दुवै कम्पनीको सेयर कारोबार नेप्सेले तोकेको ओपनिङ रेन्जको उच्चतम विन्दुबाट खुलेको हो । नेप्सेले साहसका लागि ‘एसएएचएएस’ र तेह्रथुम पावरका लागि ‘टीपीसी’ संकेत प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण