‘जिस्म टु’ को सुटिङ अघि सनी लियोनले गरेकी थिइन् रणदीप हुड्डाको एचआइभी परीक्षणको माग
सनीले सन् २०१२ मा पूजा भट्टको ‘जिस्म टु’ मा रणदीप हुड्डा र अरुणोदय सिंहसँग बलिउडमा इन्ट्रि गरेकी थिइन् । आफ्नो पहिलो फिल्म साइन गर्नेबेला सनीले केही माग गरेकी थिइन् जो एक अभिनेताका लागि निकै असामान्य थियो । रिपोर्टका अनुसार सनी लियोनले फिल्मको सुटिङअघि रणदीप हुड्ठा र अरुणोदय सिंहको मेडिकल सर्टिफिकेट मागेकी थिइन् । जिस्म टुमा उनका ती दुई अभिनेताबीच निकै हट सीन थिए ।
भारतीय समाचार माध्यमलाई विश्वा गर्ने हो भने सनीले पूजा भट्टलाई उक्त माग गर्दै एक इमेल लेखेकी थिइन् । यहाँसम्म कि पारदर्सिता सुनिश्चित गर्नका लागि उनले आफ्नो मेडिकल सर्टिफिकेट पनि पठाइन् । उनले आफू खतरनाक रोगद्वारा पीडित कुनै पनि व्यक्तिसँग सुटिङ नगर्ने पनि बताइन् । यद्यपि, पूजा भट्टले फिल्ममा गहन र अंतरंग दृश्य हुनसक्ने तर त्यसलाई निकै सुन्दर तरिकाले सुट गरिने बताउँदै कसैको पनि एचआइभी वा अन्य मेडिकल सर्टिफिकेट आवश्यक नपर्ने प्रस्ट पारिन् ।
सनी लियोन र अभिनेता रणदीप हुड्डाको फिल्म जिस्म टुले बक्स अफिसमा निकै राम्रो काम गरेको थियो र सनी लियोनको कामका लागि अत्यधिक तारिफ पनि गरिएको थियो ।
स्मरण रहोस्, बलिउडकी बेबी डल भनिने सनी लियोनी तेलुगु फिल्म करेन्ट थीगामा पनि काम गरिसकेकी छिन् । यद्यपि, बलिउडमा एक अभिनेत्रीको रुपमा चर्चित हुनुअघि उनी एक अमेरिकी पोर्न स्टारको रुपमा परिचित थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण