नेविसंघले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्न बाध्य हुनेछौं
सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् ।
जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ । सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ ।
शनिबार ६ वटा विद्यार्थी संगठनले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए । शुक्रबार आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
-
कोलकाता नाइट राइडर्स बन्यो आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली
-
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको स्थलगत अनुगमन, के छ अवस्था ?
-
५१ औँ दिनमा ‘महाजात्रा’
-
फिल्म ‘बाटो : रोड टु डेथ’ जेठ ३२ मा प्रदर्शन हुने
-
मातृभूमिको विकास गर्न योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान