नेविसंघले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्न बाध्य हुनेछौं
सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् ।
जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ । सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ ।
शनिबार ६ वटा विद्यार्थी संगठनले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए । शुक्रबार आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण