बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा एकीकृत समाजवादीको निर्णय : तीन मन्त्रालय कुनै हालतमा छोडिन्न

आइतबार, १४ कात्तिक २०७८, २० : ५४
आइतबार, १४ कात्तिक २०७८

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशले आफ्नो पार्टीका तीन मन्त्रीको बहिर्गमनसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।

सरकारमा रहेका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि सोमबार समाप्त हुँदैछ । 

प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो । यी तीनै जना प्रदेशसभा सदस्य होइनन् । मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । सोमबार स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा तीन सांसदहरु देवी ओली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाहीलाई पठाउने निर्णय समाजवादीले गरेको हो ।

सांसद देवी ओलीले भनिन्, ‘भोलि (सोमबार) कानुनसंवत उहाँहरु (तीनजना मन्त्री) सरकारबाट बाहिरिनुहुन्छ । र, हाम्रो पार्टीले तीनवटा मन्त्रालय कुनै हालतमा पनि नछाड्ने निर्णय गरिसकेको छ । हामीले त्यत्रो जोखिम मोलेर आइएको छ । यद्यपि,कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने त कुरा फाइनल भएको छैन् । त्यो कुरा त उहाँहरु बाहिरिएपछि मंगलबारसम्म आउला नि !’ यस्तै आजको बैठकमा पार्टी सञ्चालन अभियानका बारेमा पनि छलफल भएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप