जनकपुरमा दीपावली : केराको थाम र फूलमालाको व्यापार बढ्यो (फोटोफिचर)
जनकपुरमा दीपावलीका अवसरमा केराको थाम र फूलमाला बिक्री गर्नेहरुको भीड बढेको छ । बिहीबार बिहानैदेखि जनकपुरधाम बजारमा केराका थाम र फूलमाला बिक्री वितरण गर्ने कृषकहरूको भीड बढेको हो । जनकपुरधाम बजार क्षेत्रका व्यापारिक प्रतिष्ठान र पसलहहरुमा लक्ष्मी पूजाका दिन फूल र केराका थामको प्रयोग गरी स्वागतद्वार बनाउने चलन छ । योसँगै केरा थामको कारोबारमा समेत वृद्धि भएको छ ।

ट्रयाक्टरमा लोड गरेर जनकपुरधाम बजार पुर्याएका केराका थाम २५० रुपैयाँका दरले बिक्री भैरहेको क्षिरेश्वरनाथ नगरपालिका ३ का कासिम अन्सारीले बताए । उनले केराको थामबाट मनग्य आम्दानी हुने गरेको समेत सुनाए ।
जनकपुरधामका क्याम्पस चोक, विद्यापति चोक, कदम चोक, विश्वकर्मा चोक, राम चोक, भानु चोक, जनक चोक, रेल्वे स्टेशन एरिया, जिरो माइल एरियालगायत विभिन्न चोकमा रहेका व्यापारिक प्रतिष्ठानले केराको थामसहितका स्वागत द्वार बनाएर सजाउने चलन छ ।

बिहीबार करिब ५ हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । लक्ष्मी पूजाका दिन मात्र अनुमानित १० लाख रुपैयाँ बराबरको केराको थाम बिक्री हुने गरेको उनले बताए । यो बेला जनकपुरधाम बजारमा मात्र करिब ५० लाख रुपैयाँ बराबरको फूलमाला बिक्री हुने गरेको समेत उनले बताए ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण