जनताको भरोसा टुट्न दिन्न : श्रममन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं १ का जनताले आफूलाई भरोसा गरेकाले सो भरोसा टुट्न नदिने बताएका छन् । व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताप्रति सधैँ उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उनले भने, “विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहन्छु ।” स्थानीयवासीले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए । आमा समूहकी अध्यष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठलगायतले धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण