चिसोमा बढ्छ युरिक एसिड, कसरी छुटकारा पाउने ?
पछिल्लो समयउ युरिक एसिडको समस्या धेरैलाई देखिन थालेको छ । हरेक ५ व्यक्तिमा २ जनालाई युरिक एसिडको समस्या हुन्छ । यो समस्या चिसोमा झन् धेरै बढ्छ । त्यसैले चिसो मौसममा युरिक एसिडको समस्या हुनेहरुले विशेष ध्यान दिन आवश्यक छ ।
शरीरमा केही तन्तुहरुले खाद्य पदार्थलाई प्युरिन नामक प्रोटिनमा परिवर्तन गर्छ । प्युरिन प्रोटिन टुक्रिँदा एसिड बन्छ । यो मिर्गौलामार्फत छानिएर बाहिर निस्किन्छ । एसिड मिर्गौलामार्फत छानिएर बाहिर गएन भने रगतमा मिसिन्छ । र विस्तारै–विस्तारै क्रिस्टलका रुपमा हड्डिहरुको बीचमा जम्मा हुन्छ । जसलाई युरिक एसिड भनिन्छ ।
युरिक एसिड बढ्ने कारणहरु :
–अत्यधिक मदिरा सेवन गर्नु
–थाइराइड
–मोटोपना
–पानी नपिउनु
–मिर्गौलाले फिल्टर गर्न नसक्नु
–भिटामिन बी–३ को कमि
युरिक एसिडबाट छुटकारा पाउन के गर्ने ?
भिटामिन सी
युरिक एसिड नियन्त्रणका लागि हरेक दिन भिटामिन सीको सेवन गर्न आवश्यक छ । सधैं बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा युरिक एसिड नियन्त्रण हुन्छ ।
ज्वानो
युरिक एसिड कम गर्नका लागि ज्वानोको सेवन सबैभन्दा उत्तम मानिन्छ । हरेक बिहान खाली पेटमा ज्वानोको पानी पिउँदा यसबाट आराम मिल्छ । ज्वानोमा पाइने पोषक तत्व, एन्टिअक्सिडेन्ट, ओमेगा–३, फ्याटी एसिड जस्ता औषधिय गुणहरुले युरिक एसिड नियन्त्रण गर्छ ।
अलसी
अलसीलाई रातभर पानीमा भिजाएर राख्ने र बिहान खाली पेटमा चपाएर खाने गर्नुस् । यसबाट युरिक एसिड नियन्त्रण हुन्छ ।
एप्पल साइडर भिनेगर
खाली पेटमा एक गिलास पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाएर खाँदा युरिक एसिड नियन्त्रण हुन्छ । यसमा भिटामिनहरु, एन्जाइम र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् ।
जैतुनको तेल
जैतुनको तेलमा भिटामिन ई, अन्य पोषक तत्व, एन्टिअक्सिडेन्ट, औषधिय गुणहरु आदि हुन्छन् । यसले युरिक एसिड नियन्त्रण गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण