शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले आफूसहितको इजलास तोके

सोमबार, २२ कात्तिक २०७८, ११ : ३६
सोमबार, २२ कात्तिक २०७८

तिहार बिदापछि सोमबार खुलेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन् । यसअघि नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न सुझाव दिँदै आएको थियो ।

सोमबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास राखेका छन् । तीमध्ये उनले एउटा इजलासमा आफूलाई पनि राखेका हुन् । उनले न्यायाधीश कुमार चुडालसँग पूर्ण इजलासमा आफूलाई राखेका छन् । यद्यपि ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् । सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाका लागि इजलासमा नबस्ने अडान लिएपछि केही यता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसी चढाउन थालिएको हो ।सर्वोच्च अदालतका अधिकांश न्यायाधीश र बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप