प्रधानन्यायाधीशले आफूसहितको इजलास तोके
सोमबार, २२ कात्तिक २०७८, ११ : ३६
तिहार बिदापछि सोमबार खुलेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन् । यसअघि नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न सुझाव दिँदै आएको थियो ।
सोमबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास राखेका छन् । तीमध्ये उनले एउटा इजलासमा आफूलाई पनि राखेका हुन् । उनले न्यायाधीश कुमार चुडालसँग पूर्ण इजलासमा आफूलाई राखेका छन् । यद्यपि ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् । सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाका लागि इजलासमा नबस्ने अडान लिएपछि केही यता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसी चढाउन थालिएको हो ।सर्वोच्च अदालतका अधिकांश न्यायाधीश र बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण