छठ पर्वको दोस्रो दिन आज खरना
रौतहट । हिन्दुहरुको पर्व छठको दोस्रो दिन आज व्रतालुहरू खरना गरिरहेका छन् । कडा बिधिबिधान तथा धार्मिक नियम पूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ हिजो सोमबारदेखि शुरु भएको हो ।
हिन्दु धार्मिक मान्यताअनुसार छठ वर्षमा दुई पटक कार्तिक र चैत्रमा अत्यन्तै निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई मधेस तथा मिथिलांचलमा महापर्व पनि भनिन्छ ।
लोक पर्व छठको आज दोस्रो दिन व्रतालुहरू नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका सामग्री तयार गरी रहेका छन् । छठ व्रत गर्ने व्रतालु महिला तथा पुरुषहरूले हिजो चोखो अरवा चामलको भात, चना,रहरको दाल, फर्सी, लौकाको तरकारी खाएर छठ पर्व सुरु गरेका हुन्। छठपर्वको पहिलो दिनलाई नहाए खाए भनिन्छ ।
दोस्रो दिन आज खरनामा व्रतालुहरू बिहानैदेखि निर्जला रही बेलुका नयाँ माटोको चुल्होमा प्रसादको रुपमा साठी धानको चामल र गाई भैंसीको दुधको खीर र गहुँको पिठोको रोटी पकाई छठी मातालाई चढाउछन् । र त्यही प्रसाद खाने गर्दछन् । त्यसपछि ब्रतालुहरु ३६ घण्टा लामो निर्जला पानी समेत नखाएर निराहार व्रत शुरु हुनेछ ।
छठ पर्व अन्तर्गत भोलि बुधवार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहीवार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएपछि चार दिनको छठ विधिवत रुपमा सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण