बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा दुई वटा अध्यादेश प्रमाणीकरण

मङ्गलबार, २३ कात्तिक २०७८, १९ : ४०
मङ्गलबार, २३ कात्तिक २०७८

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई वटा अध्यादेश प्रमाणीकरण गरेका छन् । मन्त्रिपरिषद्को बैठकबाट सिफारिस भएका प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई प्रदेश प्रमुख मिश्रले मंगलबार प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले भने समय अभाव देखाउँदै आलटाल गर्दै आएका थिए । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्तिक ९ मा दुई वटा अध्यादेश सिफारिसका लागि प्रदेश प्रमुख समक्ष पठाउने निर्णय गरेको थियो । प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

प्रदेश २ प्रदेशसभा लामो समय देखि बन्द अवस्थामा रहेको छ । असार पश्चात्  मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा बोलाइएको थियो । विश्वासको मत लिएर पुनः प्रदेशसभालाई अनिश्चितकालको लागि स्थगित गरिएको छ ।

कृषि तथा प्राविधिक सम्बन्धी उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको प्रदेश सरकारको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप