विराटनगरमा पनि धुमधामका साथ मनाइयो छठ पर्व (तस्बिरहरु)
बुधबार, २४ कात्तिक २०७८, १९ : १६
समाजमा जातीय सद्भावको सन्देश दिने पर्व छठलाई विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । ब्रतालुहरु जुनसूकै जातका भए पनि एउटै कुण्ड, तलाउ, पोखरी तथा नदी किनारमा भेला भएर मनाइने भएकाले यो पर्वले समाजमा जातीय सद्भावको सन्देश दिने गर्दछ ।
बुधबार विराटनगरको सिंघिया, केसेलिया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर, विभिन्न पोखरी तथा जलाशयमा बसेका ब्रतालुले अस्ताउँदो सूर्यको आराधना गर्दै यो पर्व मनाएका छन् । छठ पर्वको अन्तिम दिन अर्थात् भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रत समापन गरिन्छ । जलाशय तथा नदी किनारमा बनाइएका घाटमा बसेका ब्रतालुले छठी मातालाई अर्पण गर्न स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट सजाएर राखेका छन् ।
आज रातभर ब्रतालुहरु जलाशय छेउकै घाटमा जाग्राम बसेर उपासना गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण