शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

के जीतु नेपाल एक्लो भएका हुन् ?

बिहीबार, २५ कात्तिक २०७८, १५ : ४८
बिहीबार, २५ कात्तिक २०७८

नेपाली फिल्म क्षेत्र यतिबेला ‘छक्का पञ्जा’ युनिट र हास्य कलाकार जीतु नेपाल अलग भएको बिषयले गर्माएको छ । फिल्म हलमा अहिले बजिरहेको ‘छक्का पञ्जा ४’ को ट्रेलरमा जीतु नदेखिएपछि ‘छक्का पञ्जा’ टिमसँग जीतु अलग भएको बिषयले मिडियामा प्रथामिकता पाएको हो ।

केही दिन अगाडि जीतु नेपाल आफैंले ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा कार्यक्रममा ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताएका थिए । फिल्मको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहनु नै भएको उनको भनाई थियो ।
महानायक विवादपछि ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच दुरी बढेको हो । तर, सार्वजनिक कार्यक्रममा भने उनीहरुले आफ्नो सम्बन्ध राम्रो रहेको सन्देश दिँदै आएका थिए । व्यक्तिगत रुपमा सम्बन्ध राम्रो भएपछि व्यवसायिक सम्बन्ध बिग्रिएको अनुमान यो ‘छक्का पञ्जा ४’ को ट्रेलरबाट सजिलै लगाउन सकिन्छ ।

‘छक्का पञ्जा ४’ को ट्रेलर मात्र पहिलो कारण होइन । यस अगाडि ‘छक्का पञ्जा’ युनिटको होली गीतमा पनि जीतु अटाएका थिएनन् । दीपाश्री निरौलाले ल्याएको दीपकराज गिरी, केदार घिमिरे, शिवहरि पौडेललगायत ‘छक्का पञ्जा’ टिमका अधिकांश कलाकार देखिँदा उनी भने छुटेका थिए । ‘छक्का पञ्जा’ टिमको पटक–पटकको प्रोजेटमा जीतु नअटाउनुलाई अहिले जीतु एक्लो भएको चर्चा हल्ला चल्न थालेको छ । 

के जीतु एक्लो भएका हुन् ?

‘म एक्लो भएको छैन । भोलिको दिनमा ‘छक्का पञ्जा’ टिमसँग पनि मिलेर काम गर्न मलाई आपत्ति छैन’ जीतुले भने, ‘मानिस भनेको स्वतन्त्र हुनुपर्छ । अहिले म स्वतन्त्र भएको हो । अहिले पनि अर्काे कार्यक्रम ल्याउन मलाई केही आपत्ति छैन । मानिसले वास्तवमा स्वतन्त्र भएर काम गर्दा राम्रो ।’ आफुले समय समयमा फरक–फरक टिमसँग काम गरेको बताउँदै जीतुले आफ्नो काम अनुसारको टिम बन्ने गरेको सुनाए ।

‘मेरो एक समय दमन रुपाखेतीसँग टिमअप थियो । त्यसपछि शिवहरि पौडेल दाईसँगको टिपअपमा ‘जिरे खुर्सानी बनाए’ जीतुले थपे, ‘जुन काम गर्छु । त्यही अनुसारको टिमअप बन्छ । ’ ‘म कसैको सहयोगमा भन्दा पनि आफ्नो क्षमताले अहिले अवस्थासम्म आउन सफल भएको हो’ जीतुले अगाडि भने, ‘म गोलभेडा हो । जसरी गोलभेडा मासुदेखि अचारसम्म मिल्न सक्छ । म पनि जुनै त्यस्तै हो । हरेक ब्यक्सिँग मिल्नसक्छु ।’ कलाकारितामा ग्रुपमा बनाएर, झुण्डामा रहेर भन्दा स्वतन्त्र भएर अगाडि बढ्दा सजिलो हुने जीतुको बुझाई रहेको छ ।

‘टेलिभिजनमा राम्रो कार्यक्रम बनाउनेको लिस्टमा अहिले म पनि पर्छु । अवसर नमिल्ला भन्ने चिन्ता छैन । आफ्नो हिसाबले काम गर्न सक्छु’ उनले थपे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप