उपराष्ट्रपति पुन र उनको परिवारका सदस्यको विवरण संकलन
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका छन् । राष्ट्रिय जनगणना अन्तर्गत उपराष्ट्रपति पुन र उनको पारिवारिक सदस्यको विवरण संकलनका लागि बिहीबार अपरान्ह १ बजे राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीहरु लैनचौरस्थित उपराष्ट्रपति भवन पुगेका थिए ।
उपराष्ट्रपति पुनले गणक टोलीलाई आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका हुन् । उपराष्ट्रपतिको व्यक्तिगत विवरण संकलनका लागि केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ गणकको रुपमा उपस्थित थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, सहसचिव डा. किरण रुपाखेती लगायत सहभागी रहेको जनाइएको छ ।
गणकले सोधेका प्रश्न अनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपति पुनले राष्ट्रिय जनगणना २०७८ को सफलताका लागि शुभकामना दिएका थिए । उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर