५० लाख ठगीको आरोपमा भारतीय पक्राउ

विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्न सम्झौतापत्र तयार भइरहेको भनी झुठो कागजात तयार पारी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनले लोभलालच देखाएर विभिन्न व्यक्तिको स्वामित्वमा रहेको जमिनको लालपूर्जासमेत नियन्त्रणमा लिई कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । उनले आइसीआरसीको चिकित्सक भएको भनेर नक्कली परिचयपत्रसमेत बनाएको पाइएको छ ।
सरकारका उच्च अधिकारीसँग सम्बन्ध कायम रहेको देखाउने र विभिन्न व्यक्तिका नागरिकतामार्फत बैंक खाता सञ्चालन गरी ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाले उनीमाथि अनुसन्धान थालेको थियो । काठमाडौँको बालुवाटारबाट पक्राउ परेका उनले अहिलेसम्म रु ५० लाख ठगी गरेको खुल्न आएको र अन्य व्यक्तिको समेत ठगी गरेको देखिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई आजै महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ । उनी यसअघि वि.सं २०७२ मा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा डिल्ली बजार कारागारमा दुई वर्ष कैद तथा रु तीन लाख ५० हजार जरिवाना तिरेका व्यक्ति भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न