आजबाट ‘द भ्वाइस किड्स’ सुरु
६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आज शुक्रबारबाट प्रसारणमा आउने भएको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टीभी एचडीमा प्रशारण हुने शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाइने शोका कोच प्रमोद खरेलले बताए ।
प्रमोदका अनुसार, शोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड राउन्ड’ हो । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्ची घुमाएको उनी बताउँछन् । भने–‘ठूलो मान्छेको जस्तै बच्चाको पनि स्वर नै सुन्ने हो । तर, कहिलेकाही छोराको स्वर होला भन्ने सोच्यो, छोरीको हुन्छ । छोरीको होला भनेर सोच्दा छोराको हुन्छ । केही बच्चाहरुको त स्वर सुनेर पनि छोरा वा छोरी छुट्याउन नसकिने रहेछ ।’
शोमा प्रमोद खरेलको अलवा गायक राजु लामा, गायिकाद्धय मिलन अमात्य र प्रविशा अधिकारी कोचको रुपमा रहेका छन् । बच्चाको मनोविज्ञानलाई समेत ध्यानमा राखेर तयार गरिएको बताइएको शोका निर्देशक लक्ष्मण पौडेल हुन् ।
शोले ‘द भ्वाइस अफ नेपाल’ जस्तै दर्शकको माया पाउने विश्वास आफुले लिएको निर्देशक लक्ष्मण पौडेलले बताए । २० भाग प्रशारण हुने शोको ‘ब्लाइन्ड अडिसन’ पछि ‘ब्याटल राउन्ड’ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण