सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आजबाट ‘द भ्वाइस किड्स’ सुरु

शुक्रबार, २६ कात्तिक २०७८, ११ : ३५
शुक्रबार, २६ कात्तिक २०७८

६ देखि १४ वर्षका बच्चाहरुको सहभागिता रहेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ आज शुक्रबारबाट प्रसारणमा आउने भएको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेपछि हिमालय टीभी एचडीमा प्रशारण हुने शोमा बच्चाहरुको गायन कलाको साथमा उनीहरुको रमाइलो प्रस्तुति हेर्न पाइने शोका कोच प्रमोद खरेलले बताए ।

प्रमोदका अनुसार, शोको सबैभन्दा रोचक राउन्ड नै ‘ब्लाइन्ड राउन्ड’ हो । आफूले बच्चाहरुको स्वर सुनेरै कुर्ची घुमाएको उनी बताउँछन् । भने–‘ठूलो मान्छेको जस्तै बच्चाको पनि स्वर नै सुन्ने हो । तर, कहिलेकाही छोराको स्वर होला भन्ने सोच्यो, छोरीको हुन्छ । छोरीको होला भनेर सोच्दा छोराको हुन्छ । केही बच्चाहरुको त स्वर सुनेर पनि छोरा वा छोरी छुट्याउन नसकिने रहेछ ।’

शोमा प्रमोद खरेलको अलवा गायक राजु लामा, गायिकाद्धय मिलन अमात्य र प्रविशा अधिकारी कोचको रुपमा रहेका छन् । बच्चाको मनोविज्ञानलाई समेत ध्यानमा राखेर तयार गरिएको बताइएको शोका निर्देशक लक्ष्मण पौडेल हुन् । 
शोले ‘द भ्वाइस अफ नेपाल’ जस्तै दर्शकको माया पाउने विश्वास आफुले लिएको निर्देशक लक्ष्मण पौडेलले बताए । २० भाग प्रशारण हुने शोको ‘ब्लाइन्ड अडिसन’ पछि ‘ब्याटल राउन्ड’ हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप