वायुसेवा निगमले गर्यो चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग उडान सम्झौता
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विभिन्न चार अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको छ । निगमले थाई एयरवेज, अल निप्पोन एयरलाइन्स, कुवेत एयरवेज र इमिरेट्सबीच हवाई सम्झौता गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनसहित विभिन्न १० वटा हवाईमार्गमा उडान भर्ने चार कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।
न्यूनतम ‘ट्रान्जिट’ समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहज हुने निगमले जनाएको छ । साथै निगमलाई थप आयआर्जनको माध्यम सिर्जना हुने अपेक्षा पनि गरिएको छ । निगमको केन्द्रीय कार्यालय तथा ट्राभल एजेन्सीहरूबाट सम्झौता भएका वायुसेवा कम्पनीहरूको टिकट सहजै प्राप्त गर्न सकिने पनि निगमले जनाएको छ ।
निगमले यसबाहेक अमेरिकाका विभिन्न सहरमा पनि यस्तै किसिमको सम्झौताका लागि विभिन्न वायुसेवा कम्पनीसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण