सहमतिमै नेतृत्व चयन हुन्छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन् । महासचिव पोखरेलले देशभरका नेता कार्यकर्ताहरूले पनि सहमतिका साथ नेतृत्व चयन हुनुपर्ने चाहना राखेको बताए ।
शुक्रबार एमाले दशौं राष्ट्रिय महाधिवेशन मुल आयोजक समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको दशौं महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिने बताए । उनले भने, दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिनेछ । एमालेको जीवनमा मात्र होइन, राष्ट्रिय जीवनमा समेत यसको विशेष महत्व रहेको छ ।’
अहिले राष्ट्रिय राजनीति दुई धुर्बमा विभाजित भएको बताउँदै महासचिव पोखरेलले एउटा धुर्बको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको र अर्को धुर्बको नेतृत्व अन्य राजनीति दलहरुले गरेको बताए । उनले भने, अहिले राष्ट्रिय राजनीति दुई पोलमा विभाजित छ । एउटाको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ, अर्कोको नेतृत्व अरु राजनीतिक दलहरुले गरेका छन् । देशलाई माया गर्ने, विकास निमार्ण गर्ने जनता ओलीको पक्षमा छन्, त्यसका विरोधी अर्को धुर्बमा छन् ।’
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले दशौं महाधिवेशनको प्रचार प्रसार र त्यसको तयारीको काम तिव्र रुपमा भैरहेको बताए । डिजिटल डिस्प्लेमार्फत महाधिवेशनको प्रचार प्रचार भैरहेको बताउँदै भट्टराईले मंसिर ७ गते मोटरसाइकल र्‍यालीको समेत आयोजना गरिएको बताए । उनले महाधिवेशनको प्रचारप्रसारका लागि सबै राजमार्ग र सहायक राजमार्गमा स्वागत द्वार निर्माण गरिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण