सहमतिमै नेतृत्व चयन हुन्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन् । महासचिव पोखरेलले देशभरका नेता कार्यकर्ताहरूले पनि सहमतिका साथ नेतृत्व चयन हुनुपर्ने चाहना राखेको बताए ।
शुक्रबार एमाले दशौं राष्ट्रिय महाधिवेशन मुल आयोजक समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीको दशौं महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिने बताए । उनले भने, दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्रिय राजनीतिलाई नै सही दिशा दिनेछ । एमालेको जीवनमा मात्र होइन, राष्ट्रिय जीवनमा समेत यसको विशेष महत्व रहेको छ ।’
अहिले राष्ट्रिय राजनीति दुई धुर्बमा विभाजित भएको बताउँदै महासचिव पोखरेलले एउटा धुर्बको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको र अर्को धुर्बको नेतृत्व अन्य राजनीति दलहरुले गरेको बताए । उनले भने, अहिले राष्ट्रिय राजनीति दुई पोलमा विभाजित छ । एउटाको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ, अर्कोको नेतृत्व अरु राजनीतिक दलहरुले गरेका छन् । देशलाई माया गर्ने, विकास निमार्ण गर्ने जनता ओलीको पक्षमा छन्, त्यसका विरोधी अर्को धुर्बमा छन् ।’
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले दशौं महाधिवेशनको प्रचार प्रसार र त्यसको तयारीको काम तिव्र रुपमा भैरहेको बताए । डिजिटल डिस्प्लेमार्फत महाधिवेशनको प्रचार प्रचार भैरहेको बताउँदै भट्टराईले मंसिर ७ गते मोटरसाइकल र्‍यालीको समेत आयोजना गरिएको बताए । उनले महाधिवेशनको प्रचारप्रसारका लागि सबै राजमार्ग र सहायक राजमार्गमा स्वागत द्वार निर्माण गरिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण