कर्णालीका नवनियुक्त प्रदेश प्रमुखको स्वागत
कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई प्रदेश प्रमुखको कार्यालयमा स्वागत गरिएको छ । उनलाई मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाहीले औपचारिक रुपमा स्वागत गरेका हुन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका उनी शुक्रबार सुर्खेत आईपुगेका हुन् ।
२३ कार्तिकमा नेपाल सरकारले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख फेरेको हो । कर्णालीमा नियुक्त भएका परियार लुम्बिनी प्रदेशको बाँके जिल्ला निवासी हुन् । उनी यसअघि प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
कर्णाली प्रदेशका साविकका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई २०७६ कात्तिकमा ओली सरकारले नियुक्त गरेको थियो । २०७४ माघ ३ तत्कालीन देउवा सरकारले दुर्गाकेशर खनाललाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको थियो । तर ओली सरकारले खनाललाई हटाएर कलौनीलाई नियुक्त गरेको थियो । देउवा सरकारले अहिले ओली सरकारले नियुक्त गरेका कलौनीलाई हटाएर परियारलाई नियुक्त गरेको हो ।
स्वागत कार्यक्रममा परियारले कर्णालीमा आएर काम गर्ने अवसर पाउँदा आफूलाई खुशी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण