शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको मस्जिदमा विष्फोट, कम्तिमा १२ जना घाइते

शुक्रबार, २६ कात्तिक २०७८, १७ : १७
शुक्रबार, २६ कात्तिक २०७८

अफगानिस्तानको नन्गर्हर प्रान्तस्थित स्पिन घर जिल्लामा रहेको एक मस्जिदमा बम विष्फोट भएको छ । भक्तजनहरू प्रार्थनाका लागि जम्मा भएको बेला भएको विस्फोटमा कम्तिमा १२ जना मारिएको एक तालिबानी अधिकारीले एएफपी न्युज एजेन्सीलाई बताएका छन् । ‘शुक्रबारको प्रार्थनाका दौरान स्पिन घर जिल्लामा बिस्फोट भएको हो,’ ती अधिकारीले नाम नखुलाउने शर्तमा भने । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले स्थानीयवासीलाई उद्धृत गर्दै स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा मस्जिदभित्र बिस्फोट भएको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप