केनको ह्याट्रिकसँगै विश्वकप छनोट नजिक इंग्ल्याण्ड
अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक पुगेको छ । शुक्रबार राति बेम्बले मैदानमा भएको खेलमा इंग्ल्याण्ड ५–० गोल अन्तरले विजयी भएको छ । अब विश्वकपमा छनोट हुन इंग्ल्याण्डलाई सान मारिनो विरुद्ध मात्र एक मात्र अंक आवश्यक रहेको छ ।
खेलको नवौँ मिनेटमा ह्यारी मग्वायरले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि केनले १८, ३३ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याटिक पुरा गरे । सन् २०२१ मा केनले इंग्ल्याण्डका लागि १२ गोल गरेका छन् । यसबीच जोर्डन हेन्डरसनले पनि एक गोल थपेका थिए ।
केनले प्रतिस्पर्धात्मक खेलमा वेन रुनीको ३७ गोलको कीर्तिमान पनि तोडेका छन् । प्रतिस्पर्धात्मक खेलहरुमा केनको गोल संख्या ३९ पुगेको छ । समूह आईको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको २३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको पोल्याण्डको २० अंक रहेको छ । पोल्याण्डले शुक्रबार नै एन्डोरालाई ४ का विरुद्ध १ गोलले हरायो । त्यस्तै, हंगेरीले सान मारिनोलाई ४ –० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण