बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउनुस् : अर्थमन्त्री शर्मा

शनिबार, २७ कात्तिक २०७८, १३ : २०
शनिबार, २७ कात्तिक २०७८

अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्र निकट पत्रकारलाई भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

उनले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न पत्रकारलाई आग्रह गरे । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्’ उनले भने ।

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउनुपर्नेमा जोड दिए । सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाई छ । तर, केही प्रदेशहरूमा आमसञ्चार प्रतिष्ठान गठनसम्बन्धी विधेयकहरु पत्रकारमैत्री नभएको गुनासो आएकाले त्यसलाई सच्याउनुपर्ने उनले बताए ।

मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्नका लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास समेत दिलाए । उनले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप