भारतमा कोरोनापछि प्रदूषणको कहर, हुनसक्छ लकडाउन
दिल्ली एनसिआरमा बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै भारतको सर्वोच्च अदालतले कडा आदेश दिएको छ । शनिबार प्रदूषणबारे सुनुवाइका दौरान सर्वोच्चले लकडाउनबारे विचार गर्नुपर्ने जनाएको छ । दुई दिनको लकडाउनको उपाय अपनाउनुपर्ने हुनसक्ने सर्वोच्चले जनाएको छ ।
पराल जलाउने, दिल्लीका उद्योग, पटाका र धुलाको कारण प्रदूषण बढेको जनाइएको छ । प्रदूषणका कारण निम्तिएको आपतकालीन स्थितिलाई समाप्त पार्नका लागि के फैसला गर्न सकिन्छ भन्ने विषयमा सोमबारसम्म जानकारी दिन अदालतले केन्द्र सरकारलाई निर्देशन दिएको छ ।
राज्यले कडा कदम उठाउनुपर्ने हुनसक्छ : सोलिसिटर जनरल
सुनुवाइका दौरान सर्वोच्चले राजधानी दिल्लीमा प्रदूषणको हालत खराब रहेको जनाएको छ । मानिसहरु घरभित्रै मास्क लगाउन बाध्य हुँदै गएको सर्वोच्चले जनाएको छ । सोलिसिटर जनरलले पराल जलाइएका कारण दिल्ली–एनसिआरमा प्रदूषण बढेको बताएका छन् ।
यसलाई रोक्नका लागि राज्यहरुले कडा कदम उठाउनुपर्ने सर्वोच्चले जनाएको छ । सर्वोच्चका अनुसार किसानहरुलाई जरिवाना लगाउनुपर्ने हुनसक्छ । सर्वोच्चले यस विषयमा शनिबारै बैठक बसेर आपतकालिन कदम चाल्न सरकारलाई आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण