सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बिहेको खुसीमा यसरी नाचे विक्की कौशल

शनिबार, २७ कात्तिक २०७८, १७ : २०
शनिबार, २७ कात्तिक २०७८

अभिनेता विक्की कौशल आफ्नो विवाहका कारण चर्चामा छन् । उनले कैटरिना कैफसँग विवाह गर्दैछन् । ब्यान्ड बाजा र विवाहको तयारीबारे समाचारहरु सार्वजनिक भइरहँदा विक्कीले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन् । यस भिडियोमा उनी नाचिरहेको देखिन्छन् । 

कालो पेन्ट र सेतो सर्टमा उनी निकै ह्यान्डसम पनि देखिएका छन् । सुटिङ ब्रेकका दौरान उनले आफ्नो डान्स मुभ देखाएका हुन् । विक्कीलाई भारतीय चलचित्र उद्योगमा चकलेटी युवक भनेर पनि चिनिन्छ । त्यसो त उनका धेरै महिला फ्यानहरु छन् । तर, अब ढिला भइसकेको छ । विक्की र कैटरिना बीच चाँडै विवाह हुनेछ ।

जानकारीअनुसार कैटरिना र विक्कीले जयपुरमा विवाह गर्दैछन् । दुबैको विवाह समारोह जयपुरको माधोपुरस्थित सिक्स सेन्स लक्जरी होटलमा हुनेछ । विवाहमा धेरैजना बलिउड सेलेब्रिटीहरु सहभागी हुने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप