बिहेको खुसीमा यसरी नाचे विक्की कौशल
शनिबार, २७ कात्तिक २०७८, १७ : २०
अभिनेता विक्की कौशल आफ्नो विवाहका कारण चर्चामा छन् । उनले कैटरिना कैफसँग विवाह गर्दैछन् । ब्यान्ड बाजा र विवाहको तयारीबारे समाचारहरु सार्वजनिक भइरहँदा विक्कीले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेका छन् । यस भिडियोमा उनी नाचिरहेको देखिन्छन् ।
कालो पेन्ट र सेतो सर्टमा उनी निकै ह्यान्डसम पनि देखिएका छन् । सुटिङ ब्रेकका दौरान उनले आफ्नो डान्स मुभ देखाएका हुन् । विक्कीलाई भारतीय चलचित्र उद्योगमा चकलेटी युवक भनेर पनि चिनिन्छ । त्यसो त उनका धेरै महिला फ्यानहरु छन् । तर, अब ढिला भइसकेको छ । विक्की र कैटरिना बीच चाँडै विवाह हुनेछ ।
जानकारीअनुसार कैटरिना र विक्कीले जयपुरमा विवाह गर्दैछन् । दुबैको विवाह समारोह जयपुरको माधोपुरस्थित सिक्स सेन्स लक्जरी होटलमा हुनेछ । विवाहमा धेरैजना बलिउड सेलेब्रिटीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण