जन्मदिनको केक काट्दै हरिवंशले भने, ‘परिवारको सुख नभएको भए म धेरै विचलित हुन्थे’
अभिनेता हरिवंश आचार्य ६४ वर्ष पुगेका छन् । शनिबार साथीभाइ माझ केक काट्दै उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् । रेडियो अडियोको कार्यालयमा आयोजित सेलिब्रेसन कार्यक्रममा मनोज गजुरेल, दीपकराज गिरी, किरण केसी, शैलेन्द्र सिम्खडा, राजा राजेन्द्र, प्रदीप भट्टराई लगायत थुप्रै कलाकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा परिवारको सुखको कारण आफूले सफलता प्राप्त गर्दै अहिलेको अवस्थासम्म आइपुग्न सफल भएको हरिवंश आचार्यले बताए । ‘म एक समय निकै धरमराएको थिए । श्रीमती, छोराहरू र आफन्तले साथ दिए’ आचार्यले भने ‘परिवारको सुख नभएको भए म धेरै विचलित हुन्थे होला । मेरा धेरै उद्देश्य कतै थन्किन्थ्यो होला ।’ परिवारको अलावा संसारभर रहेका आफ्ना शुभचिन्तकको माया समेत आफ्ना लागि अमूल्य रहेको आचार्यले सुनाए ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ भने उपस्थित थिएनन् । श्रेष्ठ अमेरिका रहेका कारणले सहभागी हुन नपाएका हुन् । कार्यक्रममा सहभागी नभए पनि अमेरिकाबाटै भर्चुअलरुपमा भने सहयात्री आचार्यलाई जन्मदिनको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण