कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले कोरियामा सन् २०१० यता काम गरेर फर्केका नेपाली श्रमिकका लागि पुनः रोजगारीमा जाने अवसर खुलेको जनाएको हो ।
कोरोना संक्रमणका कारण लामो समय रोकिएको सन् २०२१ को कोरियन भाषा विशेष परीक्षा (स्पेसल ईपीएस टपिक २०२१) को लागि आवेदन खुला भएको हो ।
यसका लागि ६ देखि ८ मंसिरसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । परीक्षाको नतिजा १ पुसदेखि ७ गतेसम्म प्रकाशित हुने जनाइएको छ ।
कोरिया जान ईपीएस अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिषा अवधि भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले आवेदन दिन सक्नेछन् ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
-
रास्वपा जुम्लाको सभापतिमा भण्डारी चयन
-
नेपाल सीमाबाट टीएमसी नेता जहांगीर खान पक्राउ
-
सात वर्षपछि उत्तर कोरियामा पुगे सी जिनपिङ
-
इजरायलका दुई हवाई अड्डालाई निशाना बनाएको इरानको दाबी
-
बादलले बोलाए एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण