गुल्मीमा बलात्कार गरेर भागेका २ जना पक्राउ
आइतबार, २८ कात्तिक २०७८, १० : ३७
गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१ घर भएका चन्द्रबहादुर थापा र गुल्मीको मुसिकोट नगरपालिका–८ वामी घर भएका चन्द्रे सार्की उर्फ सुरेश छन् ।
२०७७ साल पुस २३ मा गुल्मीको चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेर भागेका २१ वर्षीय चन्द्रबहादुर थापालाई कपिलवस्तुबाट पक्राउ गरेर ल्याइएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले रातोपाटीलाई बताए ।
४६ वर्षका सुरेश मुसिकोट नगरपालिकाबाट पक्राउ परेका हुन् । गएको भदौमा सुरेशले ३१ वर्षका महिलालाई बलात्कार गरेको आरोप छ । कार्तिक २५ मा चन्द्रबहादुरलाई पक्राउ गर्न गुल्मीका एसपी भट्टराई कपिलवस्तु पुगेका थिए । दुवैजना आरोपीलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक र प्रविधि विकासमा रुसको महत्त्वपूर्ण सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षामा श्रम मन्त्रालयको चासो
-
कपनबाट कटुवा पेस्तोलसहित युवक पक्राउ
-
डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
-
घरजग्गा र सवारी कर्जामा उदार बनेको राष्ट्र बैंक ‘सेयर बजार’प्रति किन मौन ?
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने