गुल्मीमा बलात्कार गरेर भागेका २ जना पक्राउ
आइतबार, २८ कात्तिक २०७८, १० : ३७
गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१ घर भएका चन्द्रबहादुर थापा र गुल्मीको मुसिकोट नगरपालिका–८ वामी घर भएका चन्द्रे सार्की उर्फ सुरेश छन् ।
२०७७ साल पुस २३ मा गुल्मीको चन्द्रकोट गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेर भागेका २१ वर्षीय चन्द्रबहादुर थापालाई कपिलवस्तुबाट पक्राउ गरेर ल्याइएको गुल्मीका एसपी गोपालचन्द्र भट्टराईले रातोपाटीलाई बताए ।
४६ वर्षका सुरेश मुसिकोट नगरपालिकाबाट पक्राउ परेका हुन् । गएको भदौमा सुरेशले ३१ वर्षका महिलालाई बलात्कार गरेको आरोप छ । कार्तिक २५ मा चन्द्रबहादुरलाई पक्राउ गर्न गुल्मीका एसपी भट्टराई कपिलवस्तु पुगेका थिए । दुवैजना आरोपीलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण