मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

आर्या बनिन् मिस लिटिल नेवा

आइतबार, २८ कात्तिक २०७८, १३ : ०७
आइतबार, २८ कात्तिक २०७८

सामाखुसीकी १० वर्षीया आर्या श्रेष्ठ नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनी शीर्ष सहित फोटोजेनिक र पब्लिक च्वाईसको उपाधि समेत हातमा पार्न सफल रहिन् । उनले उपाधिका साथ २५ हजार नगद समेत उपहारको रुपमा प्राप्त गरेकी छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा प्रनिधी मानन्धर फस्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेन्ड रनर्स अप भए । फस्ट र सेकेन्ड रनर्स अपका विजेताले क्रमश १५ र १० हजार रुपियाँ नगदसहित उपाधि हात पारेका हुन् । 

नेपाल क्योकुसिन सेइसिनकाइकन कराते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, र्यापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२ बि १ नेपालका क्षेत्रीय प्रमुख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणिश्रीरत्न बज्राचार्य र मिस नेवा : ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तर्राष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमुख निर्णायक प्रतियोगितामा रहेका थिए । 

नेवार बालिका तथा किशोरीहरूको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवम् पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ वर्षेनी मिस लिटिल नेवा नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गर्दै काठमाडौं महानगरभित्रका विद्यालयमा नेवार संस्कृति पठनपाठन गर्ने वातावरण बनाउने बताए । प्रजिता श्रेष्ठको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप