मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशन’ ले देखाए ट्यालेन्ट

आइतबार, २८ कात्तिक २०७८, १३ : ४६
आइतबार, २८ कात्तिक २०७८

लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल २०२१’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् ।   प्रतियोगिताको ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, बक्तित्वकला जस्ता बिभिन्न बिषयमा आफ्नो प्रतिभा देखाएका हुन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.ली आयोजक रहेको प्रतियोगीतमा १२ छात्र र १५ छात्रा प्रतिस्पर्धामा रहेका छन् । ट्यालेन्ट राउण्डको निर्णायकमा नृत्य निर्देशक राजु महर्जन, मेकअप आर्टिस झुमा थापामगर, गायक सुरज थापा, पत्रकार कुवेर गिरी रहेका थिए ।

९ बर्षदेखि १५ बर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्डका प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।

प्रतियोगीताको अन्तिम स्पर्धा आगामी मंसिर ११ गते  जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ । रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुको कोरियोग्राफी र श्रीषा बैदार फैजुको डिजाइन रहेको आकर्षक परिहनमा प्रतियोगी र्याम्पमा उत्रिनेछन् ।

प्रतियोगीताको शिर्ष विजेताले उपाधिको साथ यसै बर्ष इन्डोनेशियाको बालीमा आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा बिभिन्न उपहार समेत प्राप्त गर्नेछन् । प्रतियोगितामा बिभिन्न उप–विजेता समेत छानिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप