बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा श्रेष्ठ

आइतबार, २८ कात्तिक २०७८, १६ : ०२
आइतबार, २८ कात्तिक २०७८

कर्णाली प्रदेशको मुख्य न्यायधिवक्ताको अधिवक्ता ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। उनलाई नेपालका संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्तामा  नियुक्त गरिएको हो । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालय सिफारिस गरेका थिए । सुर्खेतका स्थायीबासी श्रेष्ठसँग २०४८ सालदेखि न्याय क्षेत्रमा काम गरेको अनुभव छ । 
उनले कानूनशास्त्र एमए विएल र राजनीतिक शास्त्रमा एमए गरेका छन् । सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ श्रेष्ठले कुशल कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । यसअघि मुख्य न्यायधिवक्ताको रुपमा रहेको मातृका प्रसाद खनालले राजीनामा दिएका थिए।

गत चैत्रमा मात्र नियुक्त भएका खनालले राजनीतिक दवावका कारण पदबाट राजीनामा दिएका थिए । खनाल भन्दा पहिला विद्याभुषण मानन्धर मुख्य न्यायाधिवक्ता थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप