प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको हो ।
मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उनले स्वकीय सचिव राईमार्फत प्रस्ताव दर्ता गराएका हुन् ।
मंगलबार दिउँसो १२ : ३० मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरिएको मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईले रातोपाटीलाई बताए । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने उनको योजना छ ।
९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् । प्रदेश १ को प्रतिपक्ष नेकपा एमालेसँग ४० र राप्रपाका एक जना सांसद् छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण