‘मेरो एउटा प्रेमकथा’ निर्माण हुने
समिर जोशीको निर्देशनमा सत्य कथामा आधारित टेलिश्रृखंला ‘मेरो एउटा प्रेमकथा’ बन्ने भएको छ । आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित रहेर शृंखला तयार गरिने जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ ।
डिजी प्लेको प्रस्तुति रहेको यस श्रृंखलालाई सानु मुभिज र विनभ क्रियसन्सले निर्माण गर्नेछन् । यसको छायाँकन विनोद श्रेष्ठ र सम्पादन सुनिल श्रेष्ठले गर्नेछन् । टेलिशृंखलाको शिर्ष गित ज्योती खतिवडाको छ भने सुमन कपालीले संगीत दिनेछन् । नयाँ तथा पुराना कलाकारको जमघट हुने उक्त टेलिशृंखलाको प्रत्येक शृंखलामा नयाँ कलाकारको अभिनय रहनेछ ।
जोशको निर्देशनमा अहिले टी सिरिज स्टेज वर्क ट्यालेन्ट हन्ट चलिरहेको छ । खै कुरा बुझेको तथा चम्सुरीसँग चिया नामका सिरियल तथा विभिन्न म्युजिक भिडियोहरू पनि जोशीले निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण