राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना धुलिखेल जिपलाइनमा सरर (भिडियो)

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुलिखेलको जिपलाइनको अनुभव लिएका छन् । शनिवार धुलिखेलस्थित थाक्लेडाँडामा पुगेका उनले जिपलाइनको अनुभव लिएपछि साह्रै रमाइलो भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा यस्ता जिपलाइनको दुरी अझै बढाउन सुझाव समेत दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि जिपलाइनको अनुभव लिएका थिए ।
काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्यान्डिङ स्टेसन रहेको छ भने जिप लाइनको कुल दुरी एक हजार एक सय अर्थात १ दशमलव १ किलोमिटर रहेको छ ।
उक्त दुरीमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइनको सुविधा रहेको छ । यसका साथै कम्पनीले ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क समेत सञ्चालनमा ल्याएको छ । जिपलाइन सञ्चालित स्थानबाटै प्रसिद्ध हिम श्रृङ्खला लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक