राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना धुलिखेल जिपलाइनमा सरर (भिडियो)
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धुलिखेलको जिपलाइनको अनुभव लिएका छन् । शनिवार धुलिखेलस्थित थाक्लेडाँडामा पुगेका उनले जिपलाइनको अनुभव लिएपछि साह्रै रमाइलो भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालमा यस्ता जिपलाइनको दुरी अझै बढाउन सुझाव समेत दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि जिपलाइनको अनुभव लिएका थिए ।
काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्यान्डिङ स्टेसन रहेको छ भने जिप लाइनको कुल दुरी एक हजार एक सय अर्थात १ दशमलव १ किलोमिटर रहेको छ ।

उक्त दुरीमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइनको सुविधा रहेको छ । यसका साथै कम्पनीले ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क समेत सञ्चालनमा ल्याएको छ । जिपलाइन सञ्चालित स्थानबाटै प्रसिद्ध हिम श्रृङ्खला लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण