अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, ११ घाइते, कोवाङसम्म असर
मुस्ताङमा गएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको खुट्टा भाँचिएको छ । आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्नेक्रममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीले जनाकारी दिए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले हिम पहिरो भएको ठाउँ जोमसोमबाट धेरै टाढा भएकाले त्यहाँ पुग्न नसकिएको बताए । उनले हिमालबाट हिम पहिरो झरेपछि बग्दै आएको हिउँसँगै झण्डै दुई सयको संख्यामा रुख, ढुंगा र माटो बगाएर कोवाङसम्म ल्याएको जानकारी आएको बताए । उनले भने, ‘हिमपहिरोले झण्डै दुई सयको संख्यामा रुख, ढुंगा,माटो बगाएर कोवाङसम्म ल्याएको छ ।’
प्रहरी निरिक्षक पौडेलका अनुसार हिम पहिरोका कारण भएको भागदौडमा जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका तीन जना शिक्षक र आठ जना विद्यार्थी घाइते भएका हुन् । ‘चिकित्सकले दुई जनाको खुट्टा भाँचिएको बताएको बताएका छन,’ उनले भने, ‘अन्यको अवस्था सामान्य छ, घाइतेको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।’
प्रहरी निरीक्षक पौडेलले हिम पहिरोले रुखसहित, ढुंगा र माटो समेत बगाएर निकै टाढासम्म ल्याएकाले त्यसक्षेत्रमा रहेका चौरी र याकहरु मरेको आशंका गरिएको बताए । हिम पहिरोको असर थासाङ गापा–२ को कोवाङ, नाउरिकोट,लार्जुङ र बोक्सी खोला क्षेत्रमा प्रत्यक्ष परेको देखिएको छ ।
हिम पहिरोसँग आएको गेग्रानहरु बेनी–जोमसोम राजमार्गसम्म आइपुगेको प्रहरी निरीक्षक पौडेलले बताए । सो क्षेत्रमा पुन हिम पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई उच्च सर्तकता अपनाउन समेत उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण