जनकपुरधामस्थित रुपैठामा मंगलबारसम्म थपियो निषेधाज्ञा

छठ पर्वका लागि पोखरीमा घाट निर्माणको विषयलाई लिएर भएको दुई समुदायबीचको विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा निषेधाज्ञा थप गरिएको छ । धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादले झडपसम्मको रुप लिएपछि निषेधाज्ञालाई बढाइएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक विज्ञप्ति जारी गर्दै आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा लगाइएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरेको जनाएका हुन् । देवपुरा रुपैठा स्थित तेलिया पोखरीमा अर्घ्य राख्नका लागि निर्माण गर्न लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच विवाद भएको थियो । सो विवादले शनिवार उग्ररूप लिएपछि स्थानीय प्रशासनले शनिवार दिउसो देखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
तर आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का सदस्य महावीर महतोमाथि कुटपिट गरिएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मका लागि थप गरेको हो । स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका वडा सदस्य महतोको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको अस्पतालले जनाएको छ ।
प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय धनुषाले देवपुरा रुपैठास्थित पूर्वमा जलाद नदीको कली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमान नगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
-
गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने