प्रेस सेन्टर नेपाल बारा अध्यक्षमा रञ्जन यादव
प्रेस सेन्टर नेपाल बारामा भएको दोस्रो जिल्ला अधिवेशनबाट रञ्जन यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल बाराका जिल्ला अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा जीतपुर सिमरामा भएको अधिवेशनबाट अध्यक्षमा रञ्जन यादवलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा प्रदीप गौतम, महिला उपाध्यक्षमा प्रियङ्का साह, सचिवमा उमेश घलान, सहसचिवमा पप्पु साह, कोषाध्यक्षमा रीतिका अधिकारी सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा अनिल पाण्डे, रञ्जना खतिवडा, कोपिला चौँलागाई, बिपना शर्मा, समिता चौलागाई, सन्दीप साह रौनियार, पवित्रा कुमारी चौलागाई, शिवराज अधिकारी, गेस कुमार श्रेष्ठ, अङ्कित गौतम, साबिर अन्सारी, ऋषि सहनी, मुकेश मेहतालगायत रहेका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा महेश्वर अधिकारी ,रामबाबु मेहता र गम्हीरा सहनीको नाम छनोट गरेको छ । भने प्रदेश प्रतिनिधिका लागि वसन्त लामा, फैजुल्ला आलम र प्रभु यादवको नाम छनोट गरेको प्रेस सेन्टर नेपाल बारा शाखाले जनाएको छ ।
अधिवेशन उद्घाटन सत्र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक क्षेत्र बहादुर श्रेष्ठ (अनिल) ले गरेका थिए । उनले सत्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने कुरामा जोड दिँदै अबको पत्रकारिता मिसन पत्रकारिता हुनुपर्ने बताए ।
यस कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राजन पौडेल, रविराज दंगाल, जिल्ला सदस्य रामचन्द्र अधिकारी, महाधिवेशन आयोजक समिति सदस्य विदुर खड्का, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर केसी, वडा नम्बर १४ का वडा अध्यक्ष रामशरण बर्तौला, वडा नम्बर १५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने, कार्यपालिका सदस्य शोभा कार्कीलगायतका सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण