रौतहटमा एकै घरका दुई बालकको शंकास्पद मृत्यु
आइतबार, २८ कात्तिक २०७८, २१ : ०२

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा दुई बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवैको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक राजन लम्सालले बताए । शनिबार बिहान ८ बजे दुवै बालकले बान्ता गर्न थालेपछि उपचारका लागि गरुडास्थित एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो ।
अवस्था सिकिस्त भएपछि शनिबार राति उनीहरुलाई वीरगंजस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा विकासको शनिबार राति र आकाशको आइतबार मृत्यु भएको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए । पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे बताउन नसकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?