रौतहटमा एकै घरका दुई बालकको शंकास्पद मृत्यु
आइतबार, २८ कात्तिक २०७८, २१ : ०२
रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा दुई बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवैको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख एवं प्रहरी निरीक्षक राजन लम्सालले बताए । शनिबार बिहान ८ बजे दुवै बालकले बान्ता गर्न थालेपछि उपचारका लागि गरुडास्थित एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो ।
अवस्था सिकिस्त भएपछि शनिबार राति उनीहरुलाई वीरगंजस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा विकासको शनिबार राति र आकाशको आइतबार मृत्यु भएको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए । पोष्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे बताउन नसकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण