रवीन्द्र मिश्रले पार्टी एकता गर्ने भएपछि मिलन पाण्डे समूहको आयो यस्तो प्रतिक्रिया
विवेकशील साझामा भएको एकीकरण सम्बन्धी सहमतिलाई मिलन पाण्डे समूहले प्रतिक्रियावादीहरुकाे गठजोड मात्र भएको बताएको छ । मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले राष्ट्रिय जनता दरबार पार्टीसँग एकता गर्न सहमति गरेको छ ।
विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले कर्णबहादुर शाही नेतृत्वको सिटिजन्स डिसकशन फोरमसँग पनि एकीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । तर पाण्डे समूहले विवेकशील साझा पार्टीको आज बसेको बैठक अवैधानिक भएको बताउँदै एकतापनि प्रतिक्रियावादीहरूको गठजोड भएको प्रतिक्रिया जनाएको हो ।
पाण्डे समूहको तर्फबाट हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आज गरिएको भनिएको विभिन्न समूहसँगको विलय र एकीकरण वैकल्पिक पार्टीलाई बनाउन नभै भत्काउन गरिएको प्रतिक्रियावादीहरूको गठ जोड मात्र हो भन्ने हाम्रो बुझाइ छ।
यो लोकतान्त्रिक र प्रगतिशील एकता नभै जनआन्दोलनका उपलब्धि उल्ट्याउन,७० वर्षको आन्दोलनले स्थापित गरेको लोकतान्त्रिक उपलब्धिमाथि घात गर्ने राजावादीहरुको चालबाजी मात्र हो । नेपाली नागरिकहरूको सङ्घर्ष र शहीदको रगत माथिको खेलबाड हो । यो एकताले वैकल्पिक र अग्रगामी राजनीति माथि कुनै योगदान गर्दैन बरु तीव्र आघात गर्नेछ। अतः यो एकतालाई हामी अस्वीकार गर्ने जानकारी गराउँछौ ।’
आजको बैठकमा संयोजक मिलन पाण्डेसहित सचिवालय सदस्यहरु प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश दुई संयोजक अनिमेश मिश्र, बागमती प्रदेश संयोजक रन्जु दर्शना, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट लगायत केन्द्रीय सदस्यहरू बैठक‘अवैधानिक’ भन्दै अनुपस्थित रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
