भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि अदालतको आदेश– घरबाटै काम गर्नू
वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो ।
केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठकमा बस्न पनि निर्देश गरेको छ । प्रदूषण मामिलामै आगामी बुधबार पनि अदालतले निर्णय गर्ने बताइएको छ ।
छिमेकी प्रान्तमा ऊर्जाका लागि पराल जलाउँदा पनि राष्ट्रिय राजधानी क्षेत्रमा १० प्रतिशतसम्म प्रदूषण बढ्ने गरेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । ७५ प्रतिशत प्रदूषण उद्योग, धुलो र सवारी साधनबाट निम्तिने गरेको उनीहरू बताउँछन् ।
दिल्ली सरकारले प्रदूषण नियन्त्रण गर्न लकडाउन निम्ति तयार रहेको जनाएको छ । तर, यो कदम राष्ट्रिय राजधानी क्षेत्रभर लागू हुनुपर्ने जिकिर गरेको छ । भारतको राष्ट्रिय राजधानी क्षेत्रमा दिल्ली, हरियाणा, उत्तर प्रदेश र राजस्थानका जिल्लाहरू समेत समेटिएको छ ।
यतिखेर भारतको नयाँ दिल्लीमा अमेरिकी मापदण्डअनुसार वायु गुणस्तर सूचक (एक्यूआई) २४१ पुगेको छ । सबैभन्दा प्रदूषित शहर पाकिस्तानको लाहोरमा यस्तो सूचक २८८ रहेको आईक्यूएअर डटकमले जनाएको छ । हावामा शून्यदेखि ५० सम्मको एक्यूआई स्वस्थ, १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ र २०१ देखि ३०० सम्मको एक्यूआई मात्रा हुँदा वातावरण अति अस्वस्थ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि