भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि अदालतको आदेश– घरबाटै काम गर्नू
वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो ।
केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको सुप्रिम कोर्टले दिल्ली, पञ्जाब, उत्तर प्रदेश र हरियाणा राज्यका अधिकारीहरूलाई संयुक्त बैठकमा बस्न पनि निर्देश गरेको छ । प्रदूषण मामिलामै आगामी बुधबार पनि अदालतले निर्णय गर्ने बताइएको छ ।
छिमेकी प्रान्तमा ऊर्जाका लागि पराल जलाउँदा पनि राष्ट्रिय राजधानी क्षेत्रमा १० प्रतिशतसम्म प्रदूषण बढ्ने गरेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् । ७५ प्रतिशत प्रदूषण उद्योग, धुलो र सवारी साधनबाट निम्तिने गरेको उनीहरू बताउँछन् ।
दिल्ली सरकारले प्रदूषण नियन्त्रण गर्न लकडाउन निम्ति तयार रहेको जनाएको छ । तर, यो कदम राष्ट्रिय राजधानी क्षेत्रभर लागू हुनुपर्ने जिकिर गरेको छ । भारतको राष्ट्रिय राजधानी क्षेत्रमा दिल्ली, हरियाणा, उत्तर प्रदेश र राजस्थानका जिल्लाहरू समेत समेटिएको छ ।
यतिखेर भारतको नयाँ दिल्लीमा अमेरिकी मापदण्डअनुसार वायु गुणस्तर सूचक (एक्यूआई) २४१ पुगेको छ । सबैभन्दा प्रदूषित शहर पाकिस्तानको लाहोरमा यस्तो सूचक २८८ रहेको आईक्यूएअर डटकमले जनाएको छ । हावामा शून्यदेखि ५० सम्मको एक्यूआई स्वस्थ, १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ र २०१ देखि ३०० सम्मको एक्यूआई मात्रा हुँदा वातावरण अति अस्वस्थ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण