बार र असन्तुष्ट न्यायाधीशबीच छलफल
नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशबीच सोमबार छलफल भएको छ । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो। आजको छलफलमा दुबै पक्षले प्रधानन्यायाधीशको राजीनामा नै आउनुपर्ने निष्कर्ष निकालेका छन् ।
न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् भने बारले पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएको छ। यहीबीचमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका थिए ।
उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका हुन् । तर प्रधानन्यायाधीशको आह्वान लगत्तै नेपाल बारको बैठकले प्रधानन्यायाधीशसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण