बार र असन्तुष्ट न्यायाधीशबीच छलफल
नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशबीच सोमबार छलफल भएको छ । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो। आजको छलफलमा दुबै पक्षले प्रधानन्यायाधीशको राजीनामा नै आउनुपर्ने निष्कर्ष निकालेका छन् ।
न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् भने बारले पनि प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएको छ। यहीबीचमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका थिए ।
उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका हुन् । तर प्रधानन्यायाधीशको आह्वान लगत्तै नेपाल बारको बैठकले प्रधानन्यायाधीशसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल
-
सयौँ पुतली
-
पहलगाम हमला : भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो
-
‘कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छ’
-
‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’
-
‘कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न सक्दैन’