आगलागी पीडितलाई राहत वितरण गर्न मुगु जाँदै कर्णालीका मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितलाई राहत दिने घोषणा गरेका छन् । तत्कालका लागि राहत सामग्री लिएर उनी स्थलगत अनुगमनमा जान लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार आगलागीबाट प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकनपछि थप राहत वितरण गरिने मुख्यमन्त्री शाहीको भनाइलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।
गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि जलेर नष्ट भएका छन् । आगो निभाउनका लागि एउटा घर भत्काइएको छ ।
गएराति १२ बजेदेखि लागेको आगो मंगलबार बिहान १० बजे मात्र पूर्ण रुपमा निभाइएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो निभाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण