गुल्मी र पाल्पामा २ जना मृत फेला
गुल्मी र पाल्पामा दुईजना मृत फेला परेका छन् । गुल्मीको सदरमुकाम नजिकैको भिरमा एक वृद्धको शव फेला परेको हो । गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ बर्षीय थानेश्वर सारुको शव फेला परेको हो । उनी गुल्मीकै इस्मा गाउँपालिका–२ ताल्तुङ्गका स्थानीयवासी हुन् ।
प्रहरी निरीक्षक महेश्वर उपाध्यायकाअनुसार गएराती २ बजे ती वृद्ध मदिरा पिएर बाहिर निस्किएका थिए । उनको परिवारले खोजतलासका लागि निवेदन दिएलगत्तै प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा खटिएको टोलीले उनको शव फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यायले जानकारी दिए । मृतकका श्रीमती ३ छोरा र एक छोरी रहेका छन् ।
त्यस्तै पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो । उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण