प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।
यस्तै सो क्रममा बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत रामदेवले जानकारी लिएका थिए भने उनले सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । भेटका क्रममा नेपाली मुलका आचार्य बालकृष्ण पनि सहभागि थिए ।
रामदेव नेपालमा पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी उद्घाटनका लागि नेपाल आएका हुन् । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
-
१२ बजे १२ समाचार: यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश, फेरियो राजावादीको रणनीति
-
आईसीसी विश्वकप लिग २ः नेदरल्यान्डसविरुद्ध नेपाल ५ विकेटले विजयी