प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।
यस्तै सो क्रममा बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत रामदेवले जानकारी लिएका थिए भने उनले सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । भेटका क्रममा नेपाली मुलका आचार्य बालकृष्ण पनि सहभागि थिए ।

रामदेव नेपालमा पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी उद्घाटनका लागि नेपाल आएका हुन् । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण