माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
शुक्रबार, ०३ मङ्सिर २०७८, १६ : १३
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । सहायक विदेशमन्त्री लुले बिहीबार प्रचण्ड निवास खुमलटारमा दाहालसँग शिष्टाचार भेट गरेका हुन् । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।
आजै विदेशमन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ ।भेटवार्तामा नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । उनी दुई दिने भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण