सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सिरहाका ३८ वडामा माओवादी केन्द्रको अधिवेशन बाँकी

आइतबार, ०५ मङ्सिर २०७८, १२ : १५
आइतबार, ०५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रले शनिबार देशभरका वडामा पार्टीको अधिवेशन गरे पनि केही वडामा विभिन्न कारण अधिवेशन सम्पन्न हुन सकेनन् । सोही क्रममा सिरहाका १६४ वडामध्ये १२६ वटा वडामा मात्र शनिबार अधिवेशन सम्पन्न भएको छ । बाँकी वडामा मंगलबार अधिवेशन गर्ने तयारी गरिएको छ ।

अधिवेशन गर्न बाँकी ३८ वडामा मंगलबार अधिवेशन हुने सिरहा जिल्ला संयोजक रामकुमार यादवले जानकारी दिए । जिल्लामा १७ वटा पालिकामध्ये कुनै पनि पालिकाले पूर्णरुपमा अधिवेशन सम्पन्न गर्न नसकेको जिल्ला संयोजक यादवले जानकारी दिए ।

जिल्लामा आन्तरिक विवाद, तयारी पूरा नभएको लगायतका कारणले ३८ वटा वडामा अधिवेशन बाँकी रहेको संयोजक यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप