सिरहाका ३८ वडामा माओवादी केन्द्रको अधिवेशन बाँकी
आइतबार, ०५ मङ्सिर २०७८, १२ : १५
नेकपा माओवादी केन्द्रले शनिबार देशभरका वडामा पार्टीको अधिवेशन गरे पनि केही वडामा विभिन्न कारण अधिवेशन सम्पन्न हुन सकेनन् । सोही क्रममा सिरहाका १६४ वडामध्ये १२६ वटा वडामा मात्र शनिबार अधिवेशन सम्पन्न भएको छ । बाँकी वडामा मंगलबार अधिवेशन गर्ने तयारी गरिएको छ ।

अधिवेशन गर्न बाँकी ३८ वडामा मंगलबार अधिवेशन हुने सिरहा जिल्ला संयोजक रामकुमार यादवले जानकारी दिए । जिल्लामा १७ वटा पालिकामध्ये कुनै पनि पालिकाले पूर्णरुपमा अधिवेशन सम्पन्न गर्न नसकेको जिल्ला संयोजक यादवले जानकारी दिए ।
जिल्लामा आन्तरिक विवाद, तयारी पूरा नभएको लगायतका कारणले ३८ वटा वडामा अधिवेशन बाँकी रहेको संयोजक यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण