कर्णालीमा माओवादी अधिवेशन : सुर्खेत, दैलेख र कालिकोटका २०७ वडामा नेतृत्व चयन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन अन्तर्गत कर्णालीका २०७ वडातहमा नयाँ नेतृत्व चयन गरिएको छ। सुर्खेत, दैलेख, कालिकोट र हुम्ला जिल्लाका गरी २०७ वडातहमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरिएको (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले जनाएको छ ।
शनिबारदेखि वडामा सुरु भएको अधिवेशन अन्तर्गत कतै सर्वसम्मत त कतै चुनावको आधारमा निर्वाचन सम्पन्न गर्ने काम भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला तहका नेताहरुले जानकारी दिएका छन् । सुर्खेत जिल्लाका ९ वटा स्थानीय तहका ९९ वडामध्ये ७६ वडामा सम्मेलन सम्पन्न भएको छ ।
जसमध्ये ७४ वडातहमा सर्वसम्मत कमिटी गठन भएका छन् भने २ वटा वडामा मतदानको माध्यमबाट कमिटी निर्वाचित भएका छन् । अन्य केही स्थानीय पालिकाहरुमा केही तयारी तथा मेलाका अधिवेशन हुन नसकेको जिल्ला समन्वय समितिका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ले जानकारी दिए ।
उनले बाँकी रहेका वडामा दुई दिनभित्रै सम्पन्न गर्ने तयारी भइरहेको पनि बताए । यस्तै हुम्ला माओवादी केन्द्रका अनुसार ४४ वडा रहेको हुम्लामा नाम्खा गाउँपालिकाको वडा ६ लिमीबाहेक अन्य ४३ वडामा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशन सम्पन्न भएका वडा तहहरुमा एक साथ सर्वसम्मत नेतृत्व चयन गरिएको बताइएको छ । लिमीमा चिसोका कारण अधिवेशन हुन नसकेको बताइएको छ । कालिकोट जिल्लाका भने सबै वडातहमा नेतृत्व चयनको काम सम्पन्न भइसकेको छ ।
नौवटा स्थानीय तह रहेको कालिकोटका ८२ वटै वडा तहमा नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्न भएको माओवादी केन्द्र कालिकाकोटका अध्यक्ष धनजीत शाहीले जानकारी दिए । यस्तै दैलेख जिल्लाका ६ वटा स्थानीयतहमा पनि नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण