नेपाली शान्ति सैनिकहरुको अदलीबदली
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ ‘युएन मिसन’ अन्तर्गत सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । सोही क्रममा काठमाडौंबाट मंगलबार नेपाली सैनिकको टोली सिरियातर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स’ मा तैनाथ मेकनाइन्ज इन्फेन्ट्री गुल्म (शासे) चौथो डफ्फा, ईन्जिनियर सेमु (शासे) पाचौं डफ्फा, लेवल १ अस्पताल (शासे) दोस्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शासे) पहिलो डफ्फा बदली गरिएको हो ।
ती डफ्फालाई बदली गर्नका लागि मेकनाइज्ड इन्फेन्ट्री गुल्म (शासे) पाचौं डफ्फा, ईन्जिनियर सेमु (शासे) छैटौं डफ्फा, लेवल १ अस्पताल (शासे) तेस्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शासे) दोस्रो डफ्फा गरी सेनानी राधाकृष्ण खड्काको नेतृत्वमा १९२ जना नेपाली शान्ति सैनिक मंगलबार त्यसतर्फ प्रस्थान गरेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण